काठमाडौं । हालसम्म युनाइटेड अरब इमिरेट्स युएइमा कोरोनाको कारण हालसम्म १०५ जना मानिसको ज्यान गइसकेको छ । भने १३ हजार ९ सय ६५ जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।
त्यस्तै खाडी मुलुक कतारमा यो समाचार तयार पार्दासम्म १३ हजार ४ सय ९ जना मानिसमा कोरोना संक्रमण देखिएको र १० जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । त्यस्तै आज मात्र ८ सय ४५ जनामा थप कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै अर्को खाडी राष्ट्र कुवेतमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म २६ जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ ४ हजार २४ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । साथै ती मध्ये १ हजार ५३९ जना उपचारपछि निको भएको तथ्यांकले देखाएको छ ।
त्यस्तै अर्को खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण १६२ जना मानिसको ज्यान गइसकेको छ । भने २२ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ । आजैमात्र साउदी अरबमा १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख ३१ हजार २ सय ५१ जना मानिसको मृत्यु भइसकेको छ । भने ३२ लाख ७१ हजार ५ सय ६७ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १० लाख ३१ हजार ४ सय ७४ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया