अमेरिकामा ६२ लाख बढीको कोरोना परीक्षण, मृतक ६२ हजार नाघे

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म कोरोनाको कारण २ लाख ३० हजार ४ सय ८५ जना मानिसको ज्यान गइसकेको छ । हालसम्म विश्वभर ३२ लाख ६३ हजार ९ सय ९६ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । ती मध्ये ३ प्रतिशत अर्थात ५४ हजार ५ सय ९३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । साथै हालसम्म कोरोना उपचार पछि निको भएर घर फर्किनेको संख्या १० लाख ३० हजार ७ सय ९८ जना पुगेको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनको संख्या ६२ हजार ३ सय १९ जना पुगेको छ । भने बितेको २४ घण्टामा थप ११ हजार ४ सय ४९ जना मानिसमा कोरोना संक्रमण देखिएको तथा ६ सय ६४ जनाको आज मात्रै मृत्यु भएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

अमेरिकामा हालसम्म १० लाख ७५ हजार ६ सय ४३ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । भने हालसम्म अमेरिकामा ६२ लाख ६ हजार १ सय ४५ जना मानिसमा कोरोना परीक्षण गरिएको छ ।

त्यस्तै अमेरिकाको न्यूयोर्क शहरमा मात्र कोरोनाको कारण यो समाचार तयार पार्दासम्म २३ हजार ७ सय ८० जनाको ज्यान गइसकेको छ । भने त्यहाँ ३ लाख १० हजार ८ सय ३९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरि त्यहाँ २ लाख ३७ हजार ६ सय ५४ जना उपचाररत रहेका छन् ।
त्यस्तै न्यू जर्सी राज्यमा १ लाख १६ हजार २ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ । भने ६ हजार ७ सय ७० जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ । त्यस राज्यमा बितेको २४ घण्टामा नयाँ संक्रमित थपिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?