काठमाडौं । विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोनाको कारण हालसम्म विश्वभर २ लाख २८ हजार २ सय ३९ जना मानिसको ज्यान गइसकेको छ । भने हालसम्म विश्वका ३२ लाख २० हजार ८ सय ४७ जना मानिसमा कोरोना संक्रमण फैलिएको र हालसम्म १० लाख भन्दा बढी मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
हालसम्म कोरोना भाइरसको औषधी पत्ता लाग्न सकेको छैन् । तर वैज्ञानिकहरु एवं अध्ययनकर्ताहरुको खोजी कार्य भने जारी रहेको छ । साथै
यसैबीच वैज्ञानिकहरुले आफ्नो शोध मार्फत कोरोनाबाट बच्नको लागि नयाँ कुरा पत्ता लगाएका छन् । हालै मात्र क्यालिफोर्नियाको एक युनिभर्सिटीका वैज्ञानिकहरुले यस बारेमा एक रिपोर्ट जारी गरेका छन् ।
जसको अनुसार तामाको प्रयोगबाट यस भाइरस छिटै नष्ट भएर जान्छ । कोरोना भाइरससँग लड्नको लागि वैज्ञानिकहरु बिभिन्न खोज गरिरहेका छन् ।
हालै मात्र नेशनल इन्स्टीट्युट अफ एलर्जी एण्ड इन्फेक्सन डिजीट ह्यामिल्टन, प्रिन्स्टन विश्वविद्यालय, क्यालिफोर्नियाले यस बारेमा रिसर्च गरेको छ ।
वैज्ञानिकहरुले नयाँ रिसर्चमा कोरोना भाइरस तामाको प्रयोगबाट छिटै नष्ट हुने बताएका छन् । तर प्लाष्टिकको वस्तुमा भने यो ९६ घण्टासम्म जीवित रहन्छ ।
त्यस्तै स्टीलमा कोरोना भाइरस ७२ घण्टा र कार्ड बोर्डमा २४ घण्टासम्म जीवित रहन्छ । वैज्ञानिकहरुले कोरोना भाइरस तामामा सबैभन्दा छिटै नष्ट हुने कुरा पनि पत्ता लगाएका छन् ।
तामामा कोरोना ४ घण्टासम्म जीवित रहन्छ । त्यसैले मानिसहरुले धेरै तामाको भाँडा प्रयोग गर्न वैज्ञानिकहरुले सुझाव दिएका छन् ।
रिसर्चका अनुसार यो नयाँ रिपोर्टका अनुसार कोरोनाको संक्रमण फैलाउने सिभियर एक्युट रेस्पिरेट्री सिन्ड्रोम कारोना भाइरस फैनिबाट रोक्नको लागि सहयोग गर्दछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया