काठमाडौं । चर्चित अभिनेता ऋषि कपूरको निधन भएको छ । क्यान्सरसँग लडिरहेका ६७ वर्षीय उनको बिहीवार विहान मुम्बईको एचएन. रिलायन्स फाउण्डेशन अस्पतालमा निधन भएको हो ।
उनी लामो समय देखि क्यान्सरबाट पीडित थिए । साथै उनमा चेस्ट इन्फेक्सन, श्वासप्रश्वासमा समस्या थियो । उनले अमेरिकामा एक वर्षसम्म क्यान्सर ट्रिटमेन्ट गराएका थिए ।
गएको बिहीवार उनको स्वास्थ्य गम्भीर रहेको भन्दै उनलाई अस्पताल भर्ना गरिएको थियो ।
https://twitter.com/SrBachchan/status/1255709029336322048?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1255709029336322048%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fwww.bhaskar.com%2Fentertainment%2Fnews%2Fveteran-actor-rishi-kapoor-is-no-more-127260399.html
उनलाई सन् २०१८ मा क्यान्सर भएको थियो । जसको उपचारका लागि उनी अमेरिका गएका थिए । उनका छोरा रणवीर कपूर बुवालाई भेट्न धेरै पटक अमेरिका पुगेका थिए ।
केहि दिन अगाडि मात्र भारतीय सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा उनले आफू एकदमै स्वस्थ रहेको बताएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया