लकडाउन उल्लङ्घन गर्ने सवारीबाट २७ हजार राजस्व

मेलम्ची । सरकारले गरेको लकडाउन उल्लङ्घन गरेका सवारीसाधनबाट सिन्धुपाल्चोकमा एक महिना अवधिमा रु २७ हजार राजस्व सङ्कलन भएको छ ।

लकडाउनको बेला विनाकागजात सवारी चलाउनेलाई कारबाही गरिएको प्रहरीले बताएको छ ।

त्रिचालीस मोटरसाइकलबाट २३ हजार ५०० रुपैयाँ, दुई बसबाट एक हजार ५०० रुपैयाँ र दुई वटा कारजीपबाट दुई हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । लकडाउन उल्लङ्घन गरी सवारी चलाउने चालकलाई ट्राफिक कारबाही गरी छोडिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?