काठमाडौं । हालसम्म साउदी अरबमा कोरोनाको कारण १५७ जना मानिसको ज्यान गइसकेको छ । भने २१ हजार ४ सय २ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै खाडी मुलुक कतारमा यो समाचार तयार पार्दासम्म १२ हजार ५ सय ६४ जना मानिसमा कोरोना संक्रमण देखिएको र १० जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । त्यस्तै आज मात्र ६ सय ४३ जनामा थप कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै अर्को खाडी राष्ट्र कुवेतमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म २४ जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ ३ हजार ७ सय ४० जना मानिसमा कोरोना संक्रमण देखिएको छ । साथै ती मध्ये १ हजार ३८९ जना उपचारपछि निको भएको तथ्यांकले देखाएको छ ।
त्यस्तै अर्को खाडी मुलुक युनाइटेड अरब इमिरेट्स युएइमा कोरोनाको कारण हालसम्म ८९ जना मानिसको ज्यान गइसकेको छ । भने ११ हजार ३ सय ८० जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।
यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख २५ हजार ६ सय ४ जना मानिसको मृत्यु भइसकेको छ । भने ३१ लाख ८७ हजार ९ सय ५२ जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया