‘नेपाल टेलिकमलाई फोर जी प्रतिस्पर्धामा कुनै सर्भिस प्रोभाइडरले च्यालेन्ज गर्न सक्दैन’

काठमाडौं नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकम अहिले तीनवटा मोडालिटीमा काम गरिरहेको बताएका छन् । कोरोना भाइरस ‘कोभिड – १९’ को महामारीबाट बच्न देशले लकडाउनको नीति लिएको यस कठिन समयमा नेपाली जनतालाई उच्चस्तरीय दुरसञ्चार सेवादिँदै आएको दाबी गर्छन् उनी । जनता जनता बीच सम्बन्ध स्थापित गर्न नेपाल टेलिकमका सेवाहरु कनेक्टिभिटि टुल्सको रुपमा स्थापित भएका छन् । डाटाको खपत वृद्धि झण्डै शत प्रतिशत भएको छ भने करिब २५ प्रतिशत अराउण्डमा भ्वाईस एक्टिभिटिजको कल चाहिँ घटेको देखिन्छ । एकातिर विषम परिस्थितिमा नेपाल टेलिकमले ग्राहकलाई विभिन्न बोनस प्याकेज दिँदै आएको छ भने यसले अर्कोतिर कम्पनीको यस बर्षको मुनाफामा असर नपरोस् भनि लकडाउन पछिको रणनितिमा समेत आफ्नो टिम लागेको प्रबन्ध निर्देशक अधिकारी बताउँछन् । लोकपथ डटकमसँगको अन्तर्वार्तामा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी अहिलेको विशिष्ट परिस्थितिमा नाफा घाटा भन्दा पनि आमग्राहकलाई नेपाल टेलिकमको सेवासँग जोडिरहनको निम्ति हामीले एउटा वातावरण बनाएको मात्र हो भन्दछन् । प्रस्तुत छ, लोकपथले नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश :

 

नेपाल टेलिकमलाई लकडाउनको यो कठिन समयमा देशभरी आफ्नो अप्रेसन सर्भिस सुचारु राख्नुपर्ने एउटा च्यालेन्ज हाल कनेक्टिभिटिको लागि टेलिकम सर्भिस नै सबैको आवश्यकता हो, नेपाल टेलिकमले कुन मोडालिटिमा अप्रेसन सर्भिस म्यानेज गरिरहेको ?

अहिले लकडाउनको यो विशिष्ट परिस्थिती हो । ‘कोभिड १९’ को संक्रमणका कारण विश्वमै जुन स्थिति आएको छ । नेपालले पनि त्यहि परिस्थिती सामना गरिरहेको स्थिति हो । दुरसञ्चार अत्यावश्यक सेवा भित्र पर्ने भएको साथै यस विषम परिस्थितिमा पनि हरदम कनेक्टेड भईरहनुपर्छ । यस बन्दाबन्दीले सृजना गरेको नयाँ आयामहरु जस्तै अनलाइन शिक्षा , व्यापार, अफिस चलाउनु पर्ने भएकोले इन्टरनेट कनेक्टिभिटि महत्वपूर्ण भएकोले हामीले हाम्रो सेवा सञ्चालनको लागी  तीन ढाँचामा काम गरेका छौँ।

पहिलो कोर नेटवर्कहरुको सधै निरीक्षण गरिरहनु पर्ने भएकोले चौबिसैं घण्टा कर्मचारीहरु खटिरहेको छन ।

अर्कोचाहिँ स्थलगत कार्य जसमा दूरसञ्चार सेवाका मर्मत संभारका कार्यहरु पर्दछन् । यसमा पनि कर्मचारिहरु हरपल खटिरहेका छन् । यस्ता कार्यहरुल संचालन गर्न सवारी साधन चाहिने भएकोले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी पास लिएका छौँ।

अर्को भनेको दूरसञ्चार सेवा नियमित स्थरबृद्दि गर्ने कार्य, नियमन गर्ने कार्य, ग्राहकको भोग्नु परेको समस्या हल गर्ने कार्य पनि भइरहेको छ । कतिपय कामहरु घरबाटै पनि गरिराखिएको छ । त्यो यसरी हामीले तिन वटा ढाँचामा काम गरिरहेका छौँ ।

त्यसकारण यस्तो विषम परिस्थितिमा पनि आफ्नो सेवालाई निरन्तरता दिइहेका छौँ। जसले गर्दा हाम्रो नेटवर्कमा खासै समस्या आएको छैन र आँउदैन पनि जसले गर्दा  राम्रो गुणस्तरमा सेवा प्रदान गर्न हामी सक्षम भएका छौँ ।

अहिले कन्जसटेडको हिसाबले हेर्दा लकडाउनभन्दा अघिका महिनाको तुलनामा यो समयमा एनटिसीका स्पेसिफिक युजर्सहरु जिएसएममा कति सिडिएमएमा कति ल्याण्ड लाइनमा कति कस्तो खालको रेन्जमा सेवा प्रयोग गइरहेको छन् ?

हाम्रो भ्वाईस सेवाको चाप घटिराखेको छ र यो विश्वका सबै देशहरुमा भैराखेको छ । मानिसहरु घरमै बसिराखेको र अफिसियल कार्यहरु कम भएकोले भ्वाईस सेवाको प्रयोगमा कमी आएको हो । मानिसहरु अन्तर्राष्ट्रिय रुपले हिँडडुल नगर्ने भएको हुनाले रोमिङ्ग मार्फत् पनि हुँदैन। विदेशमा रहेका जति पनि कामदारहरु छन् । उनीहरु पनि लकडाउनको परिस्थितीमा बसेको हुनाले र मोबाइलमा ब्यालेन्स हाल्न गाह्रो हुने हुनाले अन्तर्राष्ट्रिय रुपमा हुने कलहरु पनि कम भईरहेको छ ।

अन्तर्राष्ट्रिय भ्वाईस ट्राफिकमा पनि यो समस्या परेको छ । यसको ठिक विपरित डेटा ट्राफिक भने ह्वात्तै बढेको छ । आजभोली मानिसहरु डेटामा नै धेरै समय बिताउँछन् ।  नेपाल टेलिकममा अहिले ४० प्रतिशतको रेन्जमा डाटा कन्जमसन बढेको छ । करिव २५ प्रतिशत भोइस सेवामा कमी आएको छ ।  तर डाटा र भोइसको एकिकृत माग भने पोजेटिभ छ ।

भ्वाईस  कल घटेको यसले गर्दा राजश्वमा असर पर्न सक्छ तपाईहरुको गत आर्थिक बर्षको अर्व ७६ करोडको नाफा  थियो यो वर्ष  त्यसलाई स्थिर वा बढाउन सक्ने  अवस्था कि छैन ?

गत चैत १० गते सम्मको राजश्वसँगअघिल्लो वर्षको राजश्व तुलना गर्दाखेरी अहिलेसम्म पनि सकारात्मकमा नै छौँ। यस्तो हुनुमा सबैभन्दा बढी हिस्सा भ्वाईस कलकै थियो ।  तर हाल यो बन्दाबन्दीले गर्दा भ्वाईस कलमा कमी आएको छ । डेटाको माग सार्थक रुपमा बढ्दै भएपनि  तर डोमिनेन्स हाम्रो भ्वाईस नै भएको हुनाले भ्वाईसमा असर पर्ने बित्तिकै राजश्वमा असर परिहाल्छ । अब यो लकडाउन धेरै लम्बिएन भने भ्वाईस पुरानै गतिमा फर्कन्छ र गत बर्षको राजश्वकै हाराहारीमा पुग्छ । तर त्यो भएन भने लकडाउन अगाडिको र लकडाउन पछाडीको सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा समस्त परिवर्तन अवश्य रुपमा हुन्छ । किनभने यो ठूलो संकटबाट बाहिर निस्कँदाखेरी मान्छेका रहनसहन, लवाईखवाईका, काम गर्ने तौलतरिका, , डेटा प्रयोग गर्ने तरिका जस्ता, सारा चिजहरु परिवर्तन हुन्छन् । जसका कारण आर्थिक, सामाजिक क्षेत्रमा असर पर्छ । आखिर त्यो दुरसञ्चारमा पनि अवश्य पर्छ नै ।

यो लकडाउन को पिरियडमा तपाईहरुले बिभिन्न किसिमको डिस्काउन्ट , बोनसहरु अनाउन्स गर्नुभएको थियो त्यो कुन कुन सेग्मेन्टमा लकडाउनको क्रम बढ्दै गएको अवस्थामा छुट तथा अफरमा कुनै चेन्ज हुने अथवा थपिने सम्भावना ?

हो, यसमा हामीले बन्दाबन्दीको सुरुवातमै  शत प्रतिशत बोनस भन्यौ । १०० रुपैयाँ रिचार्ज गर्दा १०० रुपैयाँ बोनस, ५०० गर्दा ५०० सय बोनस भन्यौ । त्यसपछि फेरि नेपाल सरकारबाट इन्टरनेटमा र डेटा प्याकमा कम्तिमा २५ प्रतिशत छुट दिनु भन्ने निर्देशन आयो । त्यसपछि हामीले मोबाइल इन्टरनेटमा सरकारले भनेको भन्दा धेरै ३० प्रतिशत छुट दियौँ । साथै डेटा प्याक खरिदमा करिव ४०० प्रतिशत सम्म बोनस र भ्वाईस प्याक खरिदमा करिव ५० प्रतिशतसम्म बोनस थप्यौ। जुन अहिले पनि चालु छ । बीचमा हामीले ल्याण्डलाईनको जरिवानालाई पनि छुट दिन बैठकमा कुरा उठाएका छौं । पछिल्लो पटक हामीले के गर्‍यौँभने, लकडाउनको कारणले रिचार्ज कार्डको उपलब्धता नहुने र रिचार्ज कार्ड खरिद गर्न पैसा पनि नहुने परिस्थितीलाई  मध्येनजर गर्दै जिरो ब्यालेन्स भएका ग्राहकहरुलाई निश्चित भ्वाईस कल, डाटा र एसएमएस निशुल्क रुपमा सेवा प्रयोग गर्न पाउने गरी व्यवस्था मिलाएका छौं ।

यस्ता अफरहरुले कत्तिको आर्थिक भार  थप्पियो कम्पनीलाई ? केहि क्यालकुलेसन हिसाबकिताब भएको ?

डेटा ट्राफिक बढेको छ तर डेटामै सरकारले छुट दिनुपर्ने भनेको हुनाले राजश्व बढ्न सकेन । यता भोइस ट्राफिकमा आएको गिरावट भनेको त्यो चाहि हाम्रो घाटा नै हो । र यसमा बोनस लगायत हामीले जति पनि दिएका छौँ । यस बिषम परिस्थितिमा नाफा घाटाभन्दा पनि  सेवा महत्वपूर्ण हुन आउँछ । राष्ट्रको सञ्चार भएको हिसाबले हामीले ग्राहकहरुलाइ पहिले सेवा दिन हामी सधै अग्रसर छौ र त्यसपछि मात्र नाफाको कुरा आउँछ ।

अब प्रसंग बदलौँ नेपाल टेलिकमकोक्यापासिटीकम्पिटिसनतर्फ टफ कम्पिटिसन है ? सबै कम्पनीहरुलाई सर्भाइबलको कुरा आइरहेको नेपाल टेलिकममा पनि त्यो च्यालेन्ज यहाँले भनिसक्नुभयो अर्कोतिर बजारमा कम्पिटिसनमा तपाईहरुको ठूलो कम्पिटिटर एनसेल अहिले सम्पूर्ण कर तिरेर रेडी भएको अब एनसेलसँग तपाईहरुको प्रतिष्पर्धा कस्तो हुन्छ ?

अहिले पछिल्लो चरण हेर्नुहुन्छ भने लकडाउन अवधि र यो भन्दा अगाडी पनि हाम्रो नेटवर्कको गुणस्तर अन्य कुनै सेवा प्रदायकको भन्दा राम्रो छ । हाम्रो यो कल ड्रपको कुरा भनेको एक दुइ वर्ष अगाडीका कुरा हुन् । तर अहिले चाहिँ हाम्रो डेटा नेटवर्क, भ्वाईस नेटवर्कमा समस्या छैन । कुनैपनि निश्चित ठाउँमा नेटवर्कको कहिलेकाहीँ फाइवर काटिन्छ भने त्यसबाट मोबाइल कनेक्सन टुटेर कहिलेकाहीँ समस्या आउन सक्छ । त्यो पनि केहि छोटो अबधीको लागी । नेपाल टेलिकम भनेको जनताकै कम्पनि हो । । यसले कम्पनीलेजति पनि नाफा कमाउँछ त्यो यहि देशको विकासको लागि हो । यहि देशका नागरिकको समृद्धिको लागि हो । र हाम्रो जति पनि सेवाको महशुल दर छ यो एकदमै ट्रान्सप्यारेन्ट छ । लुकाइने खर्च अर्थात् ‘हिडन कस्ट’ केहि पनि छैन । जुन वर्षौदेखि हामीले कमाएको क्रेडिट समेत हो । सारा जनताले बनाएको कम्पनि हो यो ।

त्यसकारण यसको गुणस्तर सेवा उपलब्धता हुँदाहुँदै अन्य सेवा प्रदायकहरुसँगको ग्राहकको आकर्षण होला जस्तो चाहिँ लाग्दैन । हाम्रो काम भनेकै ग्राहकलाई सन्तुष्ट बनाउनु हो । नेटवर्क बढाउनु हो । जुन हामीले गरिरहेकै छौँ । अहिले लकडाउनले हाम्रो सम्पूर्ण क्रियाकलापमा केहि प्रभावपरेको छ । पछि हामी यसको गति बढाउँछौं । । एकदमै कम्पिटिसनको लागि चाहिँ के भन्दा, एउटा प्रोडक्ट हुनुपर्‍यो । त्यसको क्वालिटी हुनुपर्यो । त्यसपछि त्यो प्रोडक्ट र त्यसको क्वालिटीका बिषयमा आमसर्वसाधारणलाई जानकारी हुनुपर्‍यो । नेपाल टेलिकमको जानकारी नहुने त कोहि छैनन् । विभिन्न विज्ञापन लगायतबाट हाम्रो जानकारी दिईरहेका छौँ । हाम्रो नेटवकको पहुँच सबै ठाउँमा पुगेको छ । हिमाली, पहाडी, दुर्गमदेखि तराई जुनसुकै गाउँ, सहर सबैतिर पुगेको छ । प्रोडक्टहरु छन् । त्यसकारण हामीलाई प्रतिष्पर्दा गर्न कुनै गार्हो चाहीँ पर्दैन । त्यसमाथि नेपाल टेलिकम सय वर्षको इतिहास बोकेको र नेपाली जनताले बनाइदिएको कम्पनि हो ।

अब फोर जी को कम्पिटिसन हुने हो, भ्वाईस कल कम्पिटिसनमा छैन फोर जी को कम्पिटिसनको कुरा गर्दा एनसेल को क्यपेक्स एक्स्पेंसेस अन फोर जी एन टि सी को क्यपेक्स एक्स्पेंसेस अन फोर जी मा ठुलो प्लस माइनस हाउ क्यान कम्पिटिसन इज पोसिबल विथ दिस ह्युज क्यपेक्स ग्याप ? तपाईहरुको कास्टिङमा नै पछाडी परीसक्नु भयो हैन ?

२०१५ /२०१६ देखि एनसेल र हामीले फोर जी संचालन गरेको हो । २०१५/२०१६ देखि अहिलेसम्म एप्स डाटा वेबसाईडबाट हेर्न सक्नुहुन्छ । हामीले गएको वर्ष फोरजीमा लगानी गरेको छौ जुन वान टायम हो । यसभन्दा अगाडी पनि पोखरा र काठमाण्डौमा मात्र भएको थियो । । नेटवर्क पहुँचको हिसाबमा हेर्नेहो भने नेपाल टेलिकमको सेवा  ७७ जिल्लामा पुगीकेको छ ।  हामीले ८०० र १८०० मेगाहर्जमा सेवा दिईरहेकोले यसको कभरेज धेरै हुन्छ । हाम्रो फोरजीको नेटवर्क कम्प्लिट भईसके पछाडी कभरेजको समस्या नेपालमा कहिँपनि हुँदैन । नेपाल टेलिकमलाइ प्राप्त  ८०० मेगाहर्जले देशका सबै ठाँउ कभरेज गर्छ । यसको क्षमता अभिबृद्धी  गर्ने कुरा पछि आउँछ। फोरजीको कभरेजमा समस्या आउँदैन र यसको क्षमता बढी हुनेभएकोले डाटा प्रतिष्पर्धा गर्न हामीलाई पनि कुनै समस्या हुँदैन।

नेपाल टेलिकमले लामो समय देखि मोबाइल वालेट सेगमेन्टमा आउँछु भनेर बेलाबेला चर्चा गरिरहेको थियो अहिले लकडाउनको समयमा मोबाइल वालेट सेगमेन्टको धेरै ठुलो डिमाण्ड समेत देखियो तर बजारमा फेरी क्रेडेबल लार्ज नेटवर्क भएको प्लेअरको स्पष्ट अभाब देखिन्छ नेपाल टेलिकम जस्तो प्लेअर यो सेग्मेंटमा आयो भने वालेट इण्डष्ट्रि पिक्चर नै चेन्ज हुनसक्छ अहिले यस बिषयमा के गर्दै हुनुहुन्छ ?

हो, यसमा चाहिँ हामीले अघिल्लो वर्षको आइसिटी दिनको  उपलक्ष्यमा वाणिज्य बैंकसंग हस्ताक्षर गर्‍यौँ।  वाणिज्य बैंकसँग फाइनेन्सियल बिजनेसको अनुभव छ । हामीसँग कनेक्टिभिटिको अनुभव छ । यो दुई वटालाई एकिकृत गरेर इनर्जी मिलाउने हो भने धेरै ठाउँमा एकै चोटी पुर्‍याउन सकिन्छ भनेर हामीले अगाडी बढाएका थियौँ । मोबाइल वालेट चलाउनका निम्ति हामीले दुरसंचार प्राधिकरणबाट “नो अब्जेक्सन लेटर” पनि लियौँ । त्यसपछि दुई कम्पनिबीच संयुक्त कम्पनि गठन गर्ने भनेर दुबै कम्पनिबाट त्यसको संरचना लगायत सारा चिज पारित गरेर राष्ट्रिय बैंकमा हामीले “एलओआइ”का निम्ति दिएको हो । “एलओआई” नलिकन त हामी अगाडी बढ्न पाउँदैनौ । उहाँहरुको सारा जिज्ञासा हामीले पुरा गर्‍यौँ । उहाँहरुले मागेको सबै कागजातहामीले दियौँ । तर पनि अझैँ हामीले “एलोआइ” पाएका छैनौँ । पाइसके पछाडी हामी त्यसमा अगाडी बढ्ने हो । जब हामी सुरुवात गर्छौ । त्यसपछि हामी नयाँ टेक्नोलोजीलाई थप्दै जाने हो । नयाँ इनोभेसनलाई आत्मसाथ गर्दै जाने हो र बजारको आवश्यकता अनुसार हाम्रो प्रोडक्टलाई डिजाइन गर्दै जाने हो । तर हामी जबर्जस्त रुपमा आउँछौँ।

अब अन्त्यमा लकडाउन पछि नेपाल टेलिकमको इमिडिएट मुभ कस्तो हुनेछ किनकि असार मसान्तको प्रोफिट लस एकाउन्ट नै हो कम्पनीको म्यानेजमेन्ट को च्यालेन्ज ?

यसमा त लकडाउन पछि हाम्रो थाँती रहेका कामहरु छन् । हाम्रो फोर जीलाइ द्रुत गतिमा कार्यान्वयन, पूर्वाधार विकास साथै फाईबरलाई अझ बिस्तार गर्ने, र मोबाइल वालेट जस्ता कार्यहरु  छन् । त्यसलाई हामी तुरुन्तैअघि बढाउँछौ । यसबाट थप सेवाका साथ ग्राहकको पनि अभिबृद्धी हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?