कुवेतमा थप दश नेपालीमा कोरोना संक्रमण

काठमाडौं । कुवेतमा थप दश नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ६१ पुगेको हो । कुवेतको स्वास्थ्य मन्त्रालयले थप दश जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।

कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ३०० जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या ३७ सय ४० पुगेको छ। हालसम्म कोरोना भाइरसका कारण २४ जनाको मृत्यु भएको छ भने ३ हजार ७४० जनामा कोरोना संक्रमण देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?