ट्रम्पद्वारा अमेरिकी खर्च विधेयकमा हस्ताक्षर, सरकारी कामकाज सुचारु

वासिंगटन, २७ माघ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् कंग्रेसद्वारा पारित विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गरेसँगै छोटो समयका लागि बन्द भएको अमेरिकी सरकारी कामकाज पुनः सुचारु भएको छ सिनेटले फेब्रुअरी ८ सम्ममा पारित गर्नुपर्ने विधेयक पारित नभएपछि शुक्रबार एक महिनाको बिचमा दोस्रोपटक कामकाज ठप्प भएका थिए यद्यपि विधेयक पारित भएपनि छोटो समयमा नै काम सुचारु भएको हो । ६५० पृष्ठ लामो खर्च योजनामा प्रतिरक्षा र आन्तरिक सेवाहरुमा गरिने खर्चको सीमा बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?