कक्षा १०, ११ र १२ को परीक्षा सञ्चालन कसरी गर्ने ?

राष्ट्रिय परीक्षा बोर्डले कोभिड– १९ का कारण रोकिएका कक्षा १० (एसईई), ११ र १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्पमा छलफल सुरु गरेको छ ।
बोर्डले लकडाउन खुलेपछि केन्द्रको संख्या बढाएर परीक्षा सञ्चालन गर्ने गृहकार्य गरिरहेको छ ।
एक विकल्पको रूपमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी दैनिक आफ्नै घरबाट पुग्न सक्ने गरी परीक्षा केन्द्र राखेर साविकको जस्तै परीक्षा सञ्चालन गर्ने तयारी अघि बढाएको छ । विज्ञहरूले भने आन्तरिक मूल्यांकनलाई आधार मानेर परीक्षार्थीको स्तरमापन गर्न सकिने राय दिएका छन् । यी परीक्षाको जिम्मा प्रदेश, स्थानीय सरकार वा विद्यालयलाई दिएर विद्यार्थीको सिकाइ मापन गर्नुपर्ने तर्क पनि बलियो छ ।
शिक्षा मन्त्रालयले परीक्षा सञ्चालनका विकल्पहरूको अध्ययन गर्न बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले पनि विद्यार्थीलाई सहज हुने गरी परीक्षा चलाउन मन्त्रालयलाई सुझाव दिने तयारी गरेको छ ।कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?