भारतमा २१ सय नेपाली र नेपालमा १२ सय भारतीय सीमानाकामा

नेपाल सरकार र भारत सरकारबीचको दुई पक्षीय छलफलपछि नेपाल सीमा रोकिएका करीव एकसय जना भारतीय नागरिक भारतमा र भारत सीमामा रोकिएका दुईसय ७० जना नेपालीहरू नेपाल फर्किएका छन् ।
त्यस्तैं, अझै पनि भारत सीमामा दुईहजार एकसय ३४ नेपाली रोकिएका छन् भने नेपालमा एकहजार दुईसय ६१ जना रोकिएका छन् । दुई देशबीचको छलफलपछि मात्र सीमा रोकिएका नागरिकहरूलाई आ–आफ्नो मुलुकमा फर्काउन सकिने सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक प्रवीनकुमार श्रेष्ठले बताए । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?