अमेरिकामा कोरोना उपचारपछि १ लाख ३९ हजार बढी घर फर्किए, कति छन् मृतक र संक्रमित ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण हालसम्म विश्वमा २ लाख १४ हजार १ सय ६ जना मानिसको ज्यान गइसकेको छ । भने ३१ लख २ हजार ६ सय ६७ जना मानिसमा कोरोना संक्रमण फैलिएको छ । तिनिहरुमध्ये ५६ हजार ६० जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । साथै हालसम्म कोरोना उपचारपछि ९ लाख ४४ हजार ७१ जना निको भएर घर फर्किएका छन् ।

यो समाचार तयार पार्दासम्म कोभिड १९ को कारण अमेरिकामा ५७ हजार मानिसको ज्यान गइसकेको छ । भने बितेको २४ घण्टामा कोरोनाको कारण ८ सय ४ जनाको ज्यान गइसकेको छ ।

त्यस्तै हालसम्म अमेरिकामा कोरोनाको कारण १० लाख १९ हजार ८ सय २३ जना मानिसमा कोरोना संक्रमण फैलिएको तथ्यांकले देखाएको छ । आज मात्रै अमेरिकामा ९ हजार ४ सय ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

विश्वमा हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमित र मृतक रहेको अमेरिकामा १ लाख ३९ हजार ९ सय २७ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भने १४ हजार १ सय ४५ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?