अवैध लागूऔषध गाँजासहित एक पक्राउ

कास्की । रुपा गाउँपालिका-७ बाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित लमजुङ बेशीशहर नगरपालिका-३ गाउँशहर बस्ने १९ वर्षीय रोशन दुलाललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय हंशपुरबाट खटिएको प्रहरीले लमजुङबाट पोखरातर्फ जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?