रौतहटमा थप दुई जनामा कोरोना पोजेटिभ, नेपालमा संक्रमितको संख्या ५४ पुग्यो

काठमाडौं । रौतहटको थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको स्रोतले जनाएको छ ।

चैत २२ गते कलकत्ताबाट आएका बृन्दावन नगरपालिकाका २४ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो । भने अर्का संक्रमित देवाही गोनाही नगरपालिका(१ निवासी ३५ वर्षीय पुरुष हुन्। उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए।

उनीहरूलाई वीरगन्जस्थित नायारणी अस्पताल पठाउनेबारे छलफल भइरहेको छ । दुबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ। जसमा १६ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?