प्रहरीले दर्ता गर्न नमानेपछि जनता समाजवादीका सांसद डा.सुरेन्द्र यादवले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अपहरणको जाहेरी दिने भएका छन् । कानुन व्यवसायीको रायअनुसार उनी मंगलबार सरकारी वकिल कार्यालय जान लागेका हुन् ।
नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी लिएर सांसद यादव तथा जनता समाजवादीका शीर्ष नेताहरू आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं गएका थिए । तर, काठमाडौं प्रहरीले घटना महोत्तरीमा भएको भन्दै जाहेरी लिन अस्वीकार गरेको थियो । नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया