राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच फोनवार्ता, यस्तो भयो कुराकानी

लोकपथ संवाददाता
0
Shares
/fi6«klt ;L zLtn lgjf;df sf7df8f}F, @% c;f]h -/f;;_ rLgsf /fi6«klt ;L lrglkmªnfO{ /fi6«klt lgjf; zLtn lgjf;df zlgaf/ ;fFem :jfut ug'{x’Fb} /fi6«klt ljBfb]jL e08f/L . t:jL/ M /f]zg ;fksf]6f

काठमाडौं । सोमवार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोन मार्फत कुराकानी भएको छ ।

चिनियाँ राष्ट्रपति सीले कुराकानीको क्रममा महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणमा चीनले सधै नेपाललाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

साथै राष्ट्रपति सीले दुवै देशको स्वास्थ्य संस्थाहरुलाई सञ्चार र सहकार्यका लागि पनि आग्रह गरेको स्रोतले जनाएको छ ।

त्यस्तै राष्ट्रपति भण्डारीले कोरोना भाइरस संक्रमण रोकथामका लागि चीनले चालेको कदमको प्रशंसा गरेकी छिन्। साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न देशमा चीनले गरेको सहयोगप्रति पनि राष्ट्रपति भण्डारीले धन्यवाद समेत व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?