काठमाडौं । कोरोना भाइरसको महामारी नेपाल सहित विश्वका २१० देशहरुले झेलिरहेका छन् । कोरोना भाइरसको संकटका कारण विश्वमा अहिलेसम्म २ लाख ८ हजार ८५ जनाको ज्यान गएको छ भने ३० लाख १८ हजार ७७७ जनालाई संक्रमण भएको छ ।
यसैबीच मौसम विशेषज्ञहरुले कोरोना भाइरसको महामारी झेलिरहेको विश्वलाई अर्काे चेतावनी दिएका छन् । जसका कारण महामारी झेलिरहेको विश्ववासीलाई अर्को चिन्ता थपिएको छ ।

कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित देश अमेरिका रहेको छ । अमेरिकामा अहिले सम्म ५५ हजार ४९७ जनाको मृत्यु भईसकेको छ भने ९ लाख ८९ हजार ८३८ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा केहि समय यता तुफान तथा भीषण वर्षा भईरहेको छ । जसका कारण ५० भन्दा मानिसहरुको ज्यान गईसकेको छ भने सयौँको संख्यामा सम्पदाहरु नष्ट भएका छन् ।
अब फेरी एक पटक मौसम वैज्ञानिकहरुले दक्षिण अमेरिका, मिडवेस्टमा भयंकर तुफान आउने चेतावनी दिएका छन् । यो पटकको तुफान पहिलेको भन्दा धेरै नै ठूलो आउने वैज्ञानिकहरुको दाबी छ ।
मंगलवारका लागि हाई अलर्ट
नेशनल वेदर सर्भिस (एन डब्ल्यु एस) ले मंगलवारका लागि हाई अलर्ट जारी गरेको छ । द वेदर च्यानलका अनुसार मध्य अमेरिकामा मौसमको यो नयाँ सिस्टम मंगलवार सक्रिय रहने बताइएको छ ।
मंगलवार मिसिसिपी घाँटीबाट दक्षिण मैदानमा भारी वर्षा र भयंकर तुफान आउन सक्ने बताइएको छ । मौसम विभागले स्थानीय प्रशासन र स्थानीयहरुलाई सचेत र सतर्क रहन आग्रह गरेका छन् ।
दक्षिण अमेरिकाका केहि भागहरुमा पछिल्ला तीन दिन यता टोर्नाडो तुफानले अत्याधिक क्षति गरिरहेको छ ।

दक्षिण अमेरिकामा अत्याधिक खतरा
रिपोर्टका अनुसार, भीषण आधी तुफानको सबैभन्दा बढी खतरा अमेरिकामा रहेको छ । साथै मिसौरीको केहि भागबाट दक्षिणपूर्वी केन्सास, पूर्वी ओक्लाहोमा, उत्तरी एवं पूर्वी टेक्सास, अर्कान्सस र उत्तरी लुईसियानामा धेरै खतरा रहेको छ ।
उक्त क्षेत्रमा भीषण हावाहुरी, भारी हावाहुरी सहितको वर्षा र बवन्डर आउने बताइएको छ ।
बाढी आउन सक्ने
पछिल्ला केहि दिन यता भयंकर तुफान, भारी वर्षाका कारण केहि क्षेत्रमा बाढी समेत आएको छ । नेशनल वेदर सर्भिसले आगामी दिनका लागि बाढीबाट पनि सतर्क रहन चेतावनी दिएको छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
यी ५ कुराहरुको महशुस गरिराख्नुभएको छ भने हुनसक्छ तपाईलाई कोरोना !
लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो
कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी
कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम
कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी
६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !
कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया