अतिथिको विषयमा रेडियो नेपालले माग्यो माफी, के हो कारण ?

काठमाडौं । रेडियो नेपालबाट सञ्चालित कार्यक्रम ‘अन्तरसंवाद’मा अतिथिका रुपमा डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति बोलेको भाषाप्रति रेडियो नेपालले माफी मागेको छ ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले एक विज्ञप्ती जारी गर्दै सोमवार बिहान रेडियो महाशाखा प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित कार्यक्रममा प्रयोग भएका क्षमा मागेका हुन् ।

साथै आगामी दिनमा रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रमहरुमा अतिथिहरु छनोट गर्दा गम्भीर रुपमा सचेत रहने समेत प्रतिवद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?