पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले उपाध्ययलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

गत बुधबार उनी साइबर क्राइमसम्बन्धी मुद्दामा पक्राउ परेका थिए । यसअघि उपाध्यायलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले ३ दिन हिरासतमा राख्‍न अनुमति दिएको थियो ।

उनी प्रधानमन्त्रीलगायत अन्य सरकारी संस्थाविरुद्ध गाली गरेको आरोपमा पक्राउ थिए । पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर अपराधमा मुद्दा चलाइएको थियो ।
उपाध्यायविरुद्ध आइतबार विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरिएको थियो । यस मुद्दामा दोषी ठहरिए पाँच वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ ।

न्यायाधीश भरतमणी खनालको इजलाशले थुनछेक बहसपछि उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश गरेको हो ।

साथै अदालतको आदेशपछि उपाध्याय २५ हजार धरौटी बुझाएमा प्रहरी हिरासतबाट आजै रिहा हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?