भारतमा कोरोना संक्रमितको संख्या २६ हजार ९०० नाघ्यो

काठमाडौं । गएको २४ घन्टायता भारतमा एक हजार ९७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरूको संख्या २६ हजार ९१७ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये ५ हजार ९१३ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार हाल यहाँ २० हजार १७७ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

कोरोना भाइरसको अत्यधिक संक्रमकको कारण सार्वजनिक यातायात, विद्यालय, कलेज र शपिंग मललगायत सबै सेवाहरू बन्द गरिएको छ । पछिल्ला केही दिनहरुमा केन्द्रीय सरकारले बिस्तारै बन्देजहरु सहज गरिरहेको छ ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोक्नको बन्दाबन्दी ९लकडाउन० लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेका २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?