कोरोना अपडेट : विश्वमा २ लाख ६ हजार भन्दा धेरैको मृत्यु, झन्डै ३० लाख संक्रमित

काठमाडौं । विश्वका लागि ठूलो स्वास्थ्य चुनौति बन्दै आएको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ६हजार ९९७ जनाको ज्यान गएको छ भने २९ लाख ९४ हजार ९५८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८ लाख ७८ हजार ९५५ जना निको भएका छन् भने ५७ हजार ६०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म अमेरिकामा ५५ हजार ४१५ जनाको ज्यान गएको छ भने ९ लाख ८७ हजार ३२२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै थप २ जनाको ज्यान गएको छ भने आजै १६२ नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा १५ हजार १४३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २३ हजार १९० जनाको मृत्यु भएको छ भने २ लाख २६ हजार ६२९ जनालाई संक्रमण भएको छ । त्यहाँ७ हजार ७६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा अहिलेसम्म २६ हजार ६४४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९७ हजार ६७५ जनालाई संक्रमण भएको छ । त्यस्तै फ्रान्समा महामारीबाट अहिलेसम्म २२ हजार ८५६जनाको मृत्यु भएको छ भने, १ लाख ६२ हजार १०० जनालाई संक्रमण भएको छ ।

त्यस्तै जर्मनीमा अहिलेसम्म ५ हजार ९७६ जनाको ज्यान गएको छ भने १ लाख ५७ हजार ७७० जनालाई संक्रमण भएको छ । त्यस्तै बेलायतमा अहिलेसम्म १ लाख ५२ हजार ८४० जनालाई संक्रमण भएको छ भने २० हजार ७३२ जनाको ज्यान गएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै टर्कीमा अहिलेसम्म २ हजार ८०५ जनाले ज्यान गुमाएका छन् भने १ लाख १० हजार १३० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ईरानमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ५ हजार ७१० जनाको ज्यान गएको छ भने ९० हजार ४८१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै चीनमा आज थप ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै चीनमा ८२ हजार ८३० जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको ज्यान गएको छ ।

त्यहाँ आज मात्रै १ जनाको ज्यान गएको छ । त्यहाँ ५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । चीनमा कोरोना भाइरसबाट धेरै समयपछि मात्र आज थप एक जनाको मृत्यु भएको हो ।

चीनले वुहान शहर कोरोना भाइरस संक्रमित मुक्त भईसकेको घोषणा पनि गरिसकेको छ ।

त्यस्तै रुसमा अहिलेसम्म ७४७ जनाको ज्यान गएको छ भने ८० हजार ९४९ जनालाई संक्रमण भएको ५ । त्यहाँ२ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ४ हजार २८६ जनाको ज्यान गएको छ भने ६३ हजार १०० जनालाई संक्रमण भएको छ त्यहाँ आज मात्रै १५ जनाको ज्यान गएको छ भने आज नै त्यहाँ २४१ नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै क्यानडामा अहिलेसम्म् २ हजार ५६० जनाको ज्यान गएको छ भने ४६ हजार ८९५ जनालाई संक्रमण भएको छ । त्यस्तै बेल्जियममा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ७ हजार ९४ जनाको ज्यान गएको छ भने ४६ हजार १३४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको कारण ४ हजार ४७५ जनाको ज्यान गएको छ भने ३७ हजार ८४५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै स्विटजरयाण्डमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ६१० जनाको ज्यान गएको छ भने २९ हजार ६१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै छिमेकी देश भारतमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ८८१ जनाको ज्यान गएको छ भने २७ हजार ८९० जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्विडेनमा २ हजार १९४ जनाको ज्यान गएको छ भने १८ हजार ६४० जनालाई संक्रमण भएको छ । त्यस्तै आयरल्याण्डमा १ हजार ८७ जनाले ज्यान गुमाएका छन् भने १९ हजार २६२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै मेक्सिकोमा अहिलेसम्म महामारीबाट १ हजार ३५१ जनाको मृत्यु भएको छ भने १४ हजार ६७७ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ४६ जनाको ज्यान गएको छ भने आजै ८३५ नयाँ संक्रमित थपिएका छन् ।

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?