चीन सरकारले उहानका अस्पतालहरुमा उपचार गराइरहेका सबै कोभिड १९ का बिरामी डिस्चार्ज भएको जनाएको छ ।
चिनियाँ नेशनल हेल्थ कमिसनका प्रवक्ता मी फेङका अनुसार उहानका अस्पतालमा भर्ना भएका सम्पूर्ण संक्रमित निको भएपछि घर पठाइएको हो ।
चीनको हुवेई प्रान्तको राजधानी उहानबाट कोभिड १९ को संक्रमण विश्वभर फैलिएको थियो ।
‘पछिल्लो समाचार यो छ कि आइतबार देखि उहानमा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । अस्पतालहरुबाट सबै जना निको भएर फर्केका छन्’, मीले भने । अप्रिल आठमा लकडाउन खुला गरिएपछि अहिले चीनको जनजीवन सामान्य रहेको एजेन्सीलाई उदृत गर्दै कान्तिपुर दैनिकले खबर लेखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया