काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यो समाचार तयार पार्दासम्म २ लाख ५ हजार ९ सय ५७ जनाको मृत्यु भइसकेको छ । भने हालसम्म २९ लाख ७१ हजार ९ सय ३६ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ प्रतिशत अर्थात ५७ हजार ५ सय ५३ जनाको अवस्था गम्भीर रहेको छ । भने ८ लाख ७३ हजार ८ सय ६८ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
कोरोनाबाट विश्वमा नै धेरै मानिसको मृत्यु भएको देश संयुक्त राज्य अमेरिकामा यो समाचार तयार पार्दासम्म ९ लाख ७५ हजार ७ सय ९८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने त्यहाँ आज मात्रै १५ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको र ६ सय ८५ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म अमेरिकामा ५४ हजार ९ सय ४१ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ ।
हालसम्म अमेरिकामा ५३ लाख ८१ हजार १ सय ४० जना मानिसले कोरोना परीक्षण गराएका छन् । भने १५ हजार १ सय १६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया