उत्तर कोरियाली नेता किम जीवित नै रहेको गुप्तचर संस्थाको दाबी

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन जीवित नै रहेको अमेरिका र उत्तर कोरियाली गुप्तचर संस्थाहरुले बताएका छन् ।

पछिल्लो समय उनको स्वास्थ्यमा देखिएको जटिल समस्याका कारण उनको मृत्यु भएको समाचारहरु बाहिरिएका थिए । यसैक्रममा वासिङटन पोष्टले तीन सरकारी अधिकारीहरुलाई उद्धत गर्दै अमेरिकी तथा उत्तर कोरियाली गुप्तचर संस्थाका अनुसार उनी अझै जिवित नै रहेको उल्लेख गरेको हो ।

उत्तर कोरियामा पछिल्लो समय भएका विविध समारोहमा किमको उपस्थिती नभएकाले पनि किमको मृत्यु भएको आशंका गरिएको थियो । गत अप्रिल १५ मा उनको हजुरबाको जन्म जयन्ती तथा शनिवार त्यहाँको सेवा दिवसको अवसरमा उपस्थित नरहेको कारण पनि किमको विषय थप रहस्यमयी बनेको थियो ।

यसैक्रममा शुक्रवार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले चिनियाँ डाक्टरहरु उत्तर कोरिया गएको भन्ने खबर सार्वजनिक गरेको थियो । साथै एक जापानी म्यागजिनले किम कोमामा रहेको बताएको छ । साथै हङकङको एक टेलिभिजनले पनि किमको मृत्यु भएको भन्ने समाचारमा सत्यता नभएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?