काठमाडौं – समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको सम्बन्धमा प्रहरीमा जाहेरी दिन जनता समाजवादी पार्टी, नेपालका डा. बाबुराम भट्टराई, राजेन्द्र महतो, लगायतका नेताहरु प्रहरी परिसर टेकु पुगेका छन् ।
नेताहरुबीच छलफल गरेपछि प्रहरीमा जाहेरी दिन अपहरणमा परेका डा. यादव पनि प्रहरीकहाँ पुगेका छन् । उनलाई लिएर डा. बाबुराम भट्टराई, राजेन्द्र महतो, लगायतका नेताहरु अहिले टेकु पुगेका हुन् ।
पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दिन नेताहरु काठमाडौं प्रहरी परिसर पुगेका हुन् । गत बुधबार महोत्तरीस्थित घरमै रहेका यादवलाई उनीहरुले काठमाडौं ल्याएका थिए भने त्यसको भोलिपल्ट यादव होटल मेरियटबाट भागेर पार्टीको सम्पर्कमा पुगेका थिए ।
पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया