बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

सल्यान । यहाँ एक युवकलाई आफ्नै बाबुको हत्या गरेको अभियोग लागेको छ ।

सिद्ध कुमाख गाउँपालिका २ कुइयाझोलका २१ वर्षीय सुरज विकलाई शनिवार राति ५४ वर्षीय पिता बुदेको हत्या गरेको आरोप लागेको हो ।

अभियुक्त सुरजलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए। घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम भइरहेको प्रहरीले बताएको छ ।

सुरजलाई यही वैशाख १ गते आमाको पनि हात भाँचेको अभियोग लागेको छ । मुचुल्कापछि शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी प्रमुख खतिवडाले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?