कोरोना भाइरसका कारण बेलायतमा ३३ नेपालीको मृत्यु

काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट मृत्यु हुने गैर आवाआसीय नेपालीहरुको संख्या ३३ पुगेको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

तेस्तैगरी बेलायतमा ४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ र २२ जना उपचारपछि घर फर्किसकेको नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिएका छन् । मृत्यु हुनेहरुमा करिब दुई दर्जनजति भूपू गोर्खाहरु रहेका छन् ।

तेस्तैगरी कोरोनाको संक्रमणबाट मृत्यु हुनेमा तीनजना महिलाहरु पनि रहेका छन । नेपालीहरुले आफ्नो वास्तविक अवस्थाबारे जानकारी दिन नचाहने भएकोले कोरना संक्रमितको संख्या अझ बढी हुनसक्ने अनुमान छ ।

यो पनि पढ्नुहोस् : कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

त्यस्तै, विश्वभर फैलिएको कोरोना भाइरस महामारी ९कोबिड–१९० बाट शनिवार ९२५ अप्रील २०२०० साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ ।
गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो ।

स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर १ हजार ९ सय ८३ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २४ देशमा रहेका नेपालीहरु कोरोना भाइरस ९कोभिड १९० बाट संक्रमित छन् ।

नेपालमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ जना कोरोना मुक्तको भएको समितिले जनाएको छ ।

यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपाली मध्य ४ सय ३४ जना कोरोना मुक्त भएको सो समितिले जनाएको छ ।

संक्रमित हुनेमा देशहरुमा अमेरिका १ हजार, युके ७ सय, युएई ८१, बहराइन ४९, कुवेत ४२, प्रोतुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, स्वीजरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेशिया ३, क्यानाडा ३, न्युजरल्याण्ड ३, साईप्रस ३, जापान २, हङकंङ २, मल्टा २ र फ्रान्स १ संक्रमित रहेको समितिले जनाएको छ ।

समितिले विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ ।

यसै बीच कोरोना भाइरसको महमारीबाट प्रभावित भएका नेपालीहरुको सहयोगार्थ लागि गैरआवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गरेको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माका अनुसार कोरोना महामारी पछि ४१ देशमा रहेका संघका शाखाहरु मार्फत ९ सय जना स्वयसेवक परिचालन गरेको छ ।

कोरोना संक्रमण पछि विश्वभर छरिएका करिब ३० हजार गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको संघले जनाएको छ ।

डा शर्माका अनुसार ७० जना भन्दा गैर आवासीय नेपाली चिकित्सक समेतले समेत कोरोना संक्रमित भएका देशमा गैरआवासीय नेपालीहरुलाई सघाई रहेका छन् ।

यसअघि चीनबाट कोरोना भाइरस संक्रमण शुरु भए लगत्तै संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोविडा १९ उच्चस्तरीय समिति गठन गरि काम अघि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?