धनुषा । प्रदेश २ का आठ जिल्लामा रहेका शंकास्पद ठानिएकाका स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न विज्ञहरू परिचालन गरिएको छ ।
नेपाली सेना, मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान), र इडिसिटीबाट आएका प्राविधिक टोलीले स्वाब संकलन शुरु गरेका हुन् ।
प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले काठमाडौंबाट आएका ६ र जनकपुरका २ गरी आठ टोली शङ्कास्पद ठानिएका एक हजार पाँच सयको स्वाब सङ्कलनमा खटिएको बताए। प्रदेशमा हालसम्म पाँच जना सङ्क्रमित छन् ।
शनिबारदेखि सिराहाको लहान, गोलबजार, मिर्चैया, कल्याणपुर र सिरहा नगरपालिकाको क्वारेन्टाइनमा रहेकाको स्वाब संकलन शुरु गरिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया