तनहुँ । व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिका छन् ।
अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रवार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया आज मृत भेटिएछि यतिबेला गाउँ शोकमा डुबेको छ ।
मृतक विपीनको प्रहरीले मुचुल्का तयार गरी शुक्रवार नै शव परीक्षण गरी दाहसंस्कारका लागि आफन्तनलाई जिम्मा लगाइएको थियो ।
उनको मृत्यु हुनु दुई दिनअघि (वैशाख १० गते) देखि नै उनका आमा र बहिनी हराएपछि उनीहरुको खोजी गरिदिन आफन्तजनले प्रहरीमा जाहेरी दिएका थिए ।
छोराको घाँटीमा डोरीले बाँधेको जस्तो दाग देखेपछि आमाले हत्या गरी फरार भएको हुन सक्ने प्रहरीले आशङ्का गरे पनि शनिवार आमाछोरी मादीसेती नदी किनारमा मृतावस्थामा भेटिएपछि प्रहरीले घटनाका बारेमा अहिल्यै केही भन्न नसकिने जनाएको छ ।
एकै परिवारका तीन जनाको मृत्युको खबरले यतिबेला गाउँ नै स्तब्ध भएको निर्मल टोल विकास संस्थाका अध्यक्ष अम्मर भण्डारीले जानकारी दिए।
मृतक रवीनाका श्रीमान् हरिकृष्ण भारतीय प्रहरीबाट अवकाशपछि भारतमा नै काम गर्दै आएका छन् । यहाँ भएको घटनाबारे दाजुलाई जानकारी गराइसकिएको उनका भाई मोहनकृष्णले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया