रुसमा एकैदिन झन्डै ६ हजार संक्रमित थपिए

काठमाडौं । वैश्विक स्तरमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरसको कारण विश्वमा अहिलेसम्म १ लाख ९८ हजार ५२३ जनाको ज्यान गएको छ भने २८ लाख ५५ हजार ६९४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८ लाख १५ हजार ८७७ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने विश्वमा ५८ हजार ३०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६८१ जनाको मृत्यु भएको छ भने ७४ हजार ५८८ जनालाई संक्रमण भएो छ ।

त्यहाँ आज मात्रै ६६ जनाले ज्यान गुमाएका छन् भने आजै त्यहाँ ५ हजार ९६६ जनालाई संक्रमण भएको छ । रुसमा २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?