काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको छ । यससँगै उनीहरुलाई आइतवार डिस्चार्ज गरिने भएको छ ।
उपचाररत चार मध्ये ३ भारतीय र १ नेपाली रहेका छन् । वीरगञ्जस्थित छपकैयाको मक्की जामे मस्जिदमा बसेका उनीहरुको पीसीआर परीक्षणको चौथो रपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
उनीहरु चारै जनाको तेस्रो रिपोर्ट नेगेटिभ आएसँगै चौथो पटक पीसीआर परीक्षणका लागि उनीहरुको स्वाबको नमूना संकलन गरी शुक्रबार हेटौंडा स्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । उनीहरु चारै जनाको शनिबार साँझ रिपोर्ट नेगेटिभ आएको जानकारी प्रयोगशालाले अस्पताललाई दिएको हो ।
डिस्चार्जका लागि अन्तिम रिपोर्टको पर्खाइमा र रिपोर्ट नेगेटिभ आएको कारण उनीहरुलाई आइतवार डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । साथै उनीहरुको अवस्था सामान्य रहेको छ । हालसम्म नेपालमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । आइतवार उनीहरु घर फर्किएसँगै नेपालमा कोरोना निको हुनेको संख्या १६ पुग्नेछ ।
नेपालमा ४९ हजार तीन सय ३६ को नमुना परीक्षण: ४९ संक्रमित, १२ जना निको भए
नेपालमा ४९ हजार तीन सय ३६ को नमुना परीक्षण गरिएकोमा हालसम्म ४९ संक्रमित भेटिएका छन् तिमध्ये १२ जना निको भएर घर फर्केका छन् । पछिल्लो समय बाग्लुङकी महिला र चितवनका पुरुष डिस्चार्ज भएसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म हालसम्म पिसिआर विधिबाट ९ हजार ६ सय ६५ वटा परिक्षण सम्पन्न भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार १ सय ६० वटा, प्रदेश २ मा ५ हजार ४४ वटा, बाग्मती प्रदेशमा ७ हजार ४ सय ६७ वटा, गण्डकी प्रदेशमा ४ हजार ८ सय ७१ वटा, प्रदेश ५ मा २९५० वटा कर्णली प्रदेशमा ४९७४ वटा, सुदूरपश्चिम प्रदेशमा १० हजार २ सय ४ वटा परीक्षण भएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्मको विवरण अनुसार हालसम्म नेपालमा १४ हजार ७ सय ३१ जना क्वारेन्टाईनमा छन् । आईसोलेसनमा बस्नेको संख्या ८७ रहेको छ । काठमाडौंमा ३ र बाहिर जिल्लामा ८४ जना आईसोलेसनमा बसी उपचार लिइरहेका छन् ।
त्यस्तै मन्त्रालयको निशुल्क फोन नम्बर ११३३ र १११५ मा गत २४ घण्टामा मात्रै १९०० वटा कल आएकोमा ति सबैको स्वास्थ्यकर्मीले जवाफ दिएका छन् भने स्वमूल्यांकनको लागि मन्त्रालयको वेवपेजमा आफ्नो विवरण भर्ने कुल २५ हजार ९ सय ६ जनामध्ये हालसम्म २सय ९० जना रेड जोनमा परेका छन् । उनीहरुले टिपाएको लक्षणको आधारमा शंकास्पद लक्षणका आधारमा गत २४ घण्टामा ३ जना रेड जोनमा परेका छन् । ति शंकास्पद बिरामीको स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी बाट तिनको तथ्यांक संकलन तथा ट्रेसिङ र जाँच गर्ने कार्य भइरहेको छ ।
हालसम्म नेपालमा ४९ जना संक्रमित भेटिएकोमा १२ जना निको भएर घर फर्केका छन् । संक्रमितमध्ये एकजनाको धनगढीम, ५ जना विराटनगरमा, १ जना भरतपुरमा, ३० जना विराटनगरमा उपचाररत छन् । ति सबैको अवस्था सामान्य छ । उनीहरुको विशेष निगरानीमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरस ‘कोभिड – 19’ को कारण मृत्यु हुनेको संख्या १ लाख ९७ हजार ८ सय ४६ पुगेको छ भने २८ लाख ४५ हजार ८ सय ५९ जना संक्रमित छन् । तिमध्ये ५८ हजार ३ सय ३ जना गभ्रि बिरामी छन् । हालसम्म निको भएर घर फर्किनेको संख्या ८ लाख ११ हजार ६ सय ८७ रहेको छ ।
शुक्रवार भेटिएका संक्रमित विदेशबाट आएकाका बुवा :
झापाका ६२ वर्षीय पुरुषमा विदेशबाट आएको छोराबाट कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ । शुक्रवार उनमा कोरोना संक्रमण पुष्टि भएको हो । गत चैत ४ गते उनका छोरा युनाईटेड अरब इमिरेट्स (युएई)बाट नेपाल आएका थिए ।
कोरोना संक्रमणको आशंकामा उनका परिवारका ३ जना सदस्यको आरडीटि परीक्षण गरिएको थियो । तीनै जनाको परीक्षणमा कोरोना पोजेटिभ देखाएको थियो । र पछि तीनै जनाको पीसीआर प्रविधिबाट परीक्षण गर्दा ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । भने हालसम्म १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने उपचाररत ३७ जनाको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
उच्चस्तरीय समितिको बैठक : के भयो निर्णय ?
लकडाउनको मोडल परिवर्तन गर्नेबारे कोभिड–१९ उच्चस्तरीय समन्वय समितिको बैठकमा छलफल भएको छ ।
शनिबार सिहंदरवारमा बसेको समितिको बैठकले विभिन्न प्रस्तावमध्ये क्षेत्र निर्धारण गर्दै लकडाउनलाई सोही अनुसार परिवर्तन गर्ने वा अहिलेकै मोडलमा जाने भनेर छलफल भएको हो ।
त्यसमध्ये अधिकांश सदस्यहरुले बढी प्रभावित क्षेत्र र कम प्रभावित क्षेत्र छुट्याएर उक्त क्षेत्रमा मात्र कडिकडाउ गर्नुपर्ने धारणा राखेका थिए । ‘धेरै प्रस्तावहरु आएका छन् । लकडाउनलाई यसैगरी निरन्तरता दिने, खुकुलो बनाउने, जोन निर्धारण गर्ने, लगायतका विभिन्न प्रस्तावहरु आए र छलफल भयो । तर प्रस्तावहरुलाई मन्त्रिपरिषदमा पठाउने निर्णय भयो’, समितिका सदस्य समेत रहेका एक मन्त्रीले भने, ‘सिफारिस र प्रस्तावहरु कम्पाइल गरेर मन्त्रिपषिदमा पठाइएको छ । अन्तिम निर्णय भोलि बस्ने मन्त्रिपरिषदले नै गर्छ ।’
नासाले ३७ दिन लगाएर बनायो ‘भेन्टिलेटर’, कोरोनाको महामारीबाट बचाउने आश !
चैत ११ गतेबाट मुलुकभर लकडाउन घोषणा भएको छ । पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिँदैछ ।
कोरोना महामारीका बीच अर्को संकट : वैज्ञानिकले ग्राफ जारी गर्दै दिए चेतावनी
कोरोना फैलाएको अमेरिकाको आरोपमाथि बोल्यो चीन
अदृश्य दुश्मनको हमला भन्दै राष्ट्रपति ट्रम्पले गरे अमेरिकावासी विदेशीका लागि ‘बोल्ड’ निर्णय
‘एन्टीबडी टेस्ट’बाट खुल्यो रहस्य, डब्ल्युएचओले दियो यस्तो चेतावनी !
ठाउँ बदल्दै महामारी : पानीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण !
भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया