काठमाडौं । वैश्विक स्तरमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरसको कारण विश्वमा अहिलेसम्म १ लाख ९८ हजार ५२३ जनाको ज्यान गएको छ भने २८ लाख ५५ हजार ६९४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८ लाख १५ हजार ८७७ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने विश्वमा ५८ हजार ३०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
कोरोना भाइरसको महामारीबाट अमेरिकामा अहिलेसम्म ५२ हजार २४३ जनाले ज्यान गुमाएका छन् भने ९ लाख २६हजार ५३० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५० जनाको आज मात्रै मृत्यु भएको छ भने आजै त्यहाँ १ हजार २९८ नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा १५ हजार ९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २२ हजार ९०२ जनाको ज्यान गएको छ भने २ लाख २३ हजार ७५९ जनलाई संक्रमण भएको छ ।
आज मात्रै त्यहाँ ३७८ जनाको ज्यान गएको छ भने आजै ३ हजार ९९५ जना नयाँ संक्रमित थपिएका छन् । स्पेनमा ७ हजार ७०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २५ हजार ९६९ जनाको ज्यान गएको छ भने १ लाख ९२ हजार ९९४ जनालाई संक्रमण भएको छ । त्यहाँ २ हजार १७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा २२ हजार २४५ जनाको ज्यान गएको छ भने १ लाख ५९ हजार ८२८ जनालाई संक्रमण भएको छ । त्यहाँ ४ हजार ८७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा १ लाख ५५ हजार ५४ जनालाई संक्रमण भएको छ भने ५ हजार ७८८ जनाको ज्यान गएको छ । कोरोना भाइरसको महामारीका कारण त्यहाँ आज मात्रै २८ जनाको ज्यान गएको हो भने ५५ जना नयाँ संक्रमित आजै थपिएका छन् ।
त्यस्तै बेलायतमा १९ हजार ५०६ जनाको ज्यान गएको छ भने १ लाख ४३ हजार ४६६ जनालाई संक्रमण भएको छ , त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै टर्कीमा २ हजार ६०० जनाको ज्यान गएको छ भने १ लाख ४ हजार ९१२ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ७९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कोरोना भाइरसको महामारीका कारण ईरानमा अहिलेसम्म ५ हजार ६५० ज्यान गएको छ भने ८९ हजार ३२८ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ७६ जनाको ज्यान गएको छ भने आजै १ हजार १३४ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ ३ हजार ९६जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज मात्रै कोरोना भाइरसका थप १२ नयाँ संक्रमित थपिएका छन् । योसँगै चीनमा जम्मा संक्रमितको संख्या ८२ हजार ८१६ पुगेको छ भने मृतकको संख्या ४ हजार ६३२ रहेको छ । त्यहाँ ४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा अहिले कोरोना भाइरसका कारण ६८१ जनाको ज्यान गएको छ भने ७४ हजार ५८८ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ६६ जनाले ज्यान गुमाएका छन् भने आजै त्यहाँ ५ हजार ९६६ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ७०४ जनाले ज्यान गुमाएका छन् भने ५४ हजार ४३ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १ हजार ४८ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ३४ जनाको ज्यान गएको छ । त्यस्तै त्यहाँ ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसको कारण अहिलेसम्म ६ हजार ९१७ जनाको ज्यान गएको छ भने ४५ हजार ३२५ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै २३८ जनाले ज्यान गुमाएका छन् भने आज नै त्यहाँ १ हजार ३२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ ९३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै क्यानडामा अहिलेसम्म २ हजार ३०२ जनाको ज्यान गएको छ भने ४३ हजार ८८८ जनालाई संक्रमण भएको छ । त्यहाँ ५५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै महामारीका कारण नेदरल्याण्ड्समा ४ हजार ४०९ जनाको ज्यान गएको छ भने ३७ हजार १९० जनालाई संक्रमण भएको छ । त्यहाँ ६६५ जना नयाँ संक्रमित आजै थपिएका छन् भने आज नै त्यहाँ १२० जनाले ज्यान गुमाएका छन् । त्यहाँ ९६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विटजरल्याण्डमा कोरोना भाइरसको महामारीका कारण १ हजार ५९३ जनाको मृत्यु भएको छ भने २८ हजार ८९४ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै थप ४ जनाको मृत्यु भएको छ भने आजै २१७ नयाँ संक्रमित थपिएका छन् । त्यहाँ २०४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा यो समाचार तयार पार्दासम्म ७८० जनाको ज्यान गएको छ भने २४ हजार ९४२ जनालाई संक्रमण भएको छ । त्यहाँ आज ४९५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार १९२ जनाको ज्यान गएको छ भने १८ हजार १७७ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ६१० नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ४० जनाको ज्यान गएको छ । स्विडेनमा ५४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार २२१ जनाको ज्यान गएको छ भने १२ हजार ८७२ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १५२ जनाले ज्यान गुमाएका छन् भने आजै त्यहाँ १ हजार २३९ जना नयाँ संक्रमित थपिएका छन् ।
आज मात्रै विश्वमा यो समाचार तयार पार्दासम्म १ हजार ४२४ जनाले ज्यान गुमाएका छन् भने आज नै थप २६ हजार ८६८ नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया