सरकारी टेलिभिजनमा दक्षिण अफ्रीकाका राष्ट्रपतिको उड्यो मजाक

काठमाडौं । कोरोना संकटको बीच दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाको मास्क लगाउने तरिका अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

राष्ट्रिय टेलिभिजनमा भईरहेको लाइभ कार्यक्रममा भएको घटनालाई लिएर सामाजिक सञ्जालमा उनी हासोको पात्र बनेका छन् ।

कार्यक्रममा अर्काे महिनादेखि देशमा भईरहेको लकडाउनमा कहि खुकुलो बनाउने उनले बताएका छन् । उनले सार्वजनिक बसमा यात्रा गर्नेहरुले फेस मास्क अनिवार्य लगाउन सचेत गराएका छन् ।

साथै त्यसपछि उनले मानिसहरुलाई मास्क लगाउने तरिका बताएका थिए । मास्क लगाउने तरिका बताउने क्रममा उनी आफैँ चुकेपछि उनको विरोध अहिले चारै तर्फ भईरहेको हो ।

उनी मास्क लगाउने तरिका बताउँदै थिए, त्यसबेला उनले कानमा राख्न नपाउँदै केहि पटकसम्म उनको मुखमा मास्क अडिदैन । उनी मास्क लगाउँदा लगाउँदै हैरान हुन्छन् ।

उनले मास्क लगाउने तर्किा बताउँदा यति सम्म भयो आँखा नै मास्कले छोपियो । उनको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?