काठमाडौं । इण्डोनेशियाको वर्तमान राजधानी जकार्ता हो । १ करोड जनसंख्या रहेको उक्त शहरलाई विश्वकै तीव्र गतिमा नष्ट हुने शहरको रुपमा राखिएको छ ।
किनभने वैज्ञानिकहरुले जकार्ता शहर केहि वर्षपछि डुबेर नष्ट हुने चेतावनी दिँदै आएका छन् । त्यसैले इण्डोनेशिया बोर्नियो द्वीपलाई आफ्नो भावी राजधानी बनाउन लागि परेको छ ।
यसको घोषण इण्डोनेशियाका योजना मन्त्रीले स्वयं गरेका थिए ।
यसैबीच युके तथा इण्डोनेशियाका वैज्ञानिकहरुले जकार्ता क्षेत्रमा सुनामीआउने खतरा रहेको बताएका छन् ।

शोधकर्ताहरुले इण्डोनेशियाले बोर्कियो द्वीपलाई नयाँ राजधानी बनाउने इच्छा राखे पनि बोर्नियो तथा सुलावेसी क्षेत्रमा अधिकांश भूमीगत भूस्खलन हुने भएकोले त्यहाँ नबनाउन चेतावनी दिँदै आएका छन् ।
एडिनवर्गमा रहेको हेरियट वाट विश्वविद्यालयका वैज्ञानिकहरुले उक्त कुराको दाबी गरेका छन् ।

विश्व विद्यालयका एक समुन्द्री भूवैज्ञानिक उइसडियन निकोलसनले इण्डोनेशियामा ठूलो सुनामाी आउन सक्ने चेतावनी दिँदै भने, ‘सरकारले यो संकटमा स्थितिलाई अझै राम्रोसँग आँकलन गर्न आवश्यक रहेको छ । इण्डोनेशिया सरकारले ठूलो खतराको सामना गर्नुपर्नेछ ।’

युके तथा इण्डोनेशियाका शोधकर्ताहरुले मकासार जलसन्धिको परिक्षणका लागि भूकम्पीय आँकडाको प्रयोग गरेका थिए । जसमा १९ वटा विनाशकारी उदाहरण मिलेको थियो ।
लण्डन जियोलोजिकल सोसाइटीद्वारा प्रकाशित एक रिपोर्टमा डेल्टाको दक्षिणमा समुन्द्री धारहरुको बीचमा सुनामी आउन सक्ने बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया