काठमाडौं । शनिवार ४ जना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत छपकैयाको मक्की जामे मस्जिदमा बसेका चार जनाको रिपोर्ट नेगेटिभ आएको हो । ती मध्ये तीन भारतीय र रौतहटका एक युवक रहेका छन् ।
तीन दिनअघि हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना संकलन गरी पठाइएको थियो । साथै उनीहरुको शुक्रबार रिपोर्ट नेगेटिभ आएको जानकारी प्रयोगशालाले अस्पताललाई दिएको जनाएको छ ।
साथै उनीहरु चारैजनाको पछिल्लो रिर्पोट नेगेटिभ आए पनि पुनः अन्तिम पटकका लागि शुक्रबार थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणको लागि पठाइएको अस्पतालले जनाएको छ ।
अहिले नारायणी अस्पतालमा पाँच संक्रमित उपचाररत छन् । चारजनाको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि सर्लाहीका एकजनालाई भने छुट्टै राखेर उपचार गरिएको छ।
रिपोर्टको नतिजाको आधारमा चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया