कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर किन १२ घण्टासम्म पानी पिउँदैनन् ?

काठमाडौं । कोरोना भाइरसको महामारीले वैश्विक स्तरमा नराम्रो असर गरेको छ । जसका कारण विश्वमा धनजनको अत्याधिक क्षति भईरहेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण १ लाख ९७ हजार ३०६ जनाको ज्यान गएको छ भने २८ लाख ३१ हजार ७८५ जनालाई संक्रमण भएको छ ।

कोरोनाले ग्रस्त बनाइएको इटालीको अवस्था पनि त्यस्तै नै रहेको छ । इटालीमा कोरोना भाइरसका कारण अहिलेसम्म २५ हजार ९६९ जनाको ज्यान गएको छ भने १ लाख ९२ हजार ९९४ जनालाई संक्रमण भएको छ ।

कोरोना भाइरसको भ्याक्सिन बनाउन वैज्ञानिक तथा डाक्टरहरु अहोरात्र खटिएका छन् । तर अहिलेसम्म कोरोना भाइरसको भ्याक्सिन बन्न सकेको छैन ।

महामारीले सबैलाई हैरान बनाएको छ । ईटालीमा कोरोना संक्रमितको उपचारमा दिनरात खटिइरहेका डाक्टरलाई पनि त्यस्तै समस्याले पिरोल्न थालेको छ ।

उनीहरुको अनुहारमा थकाईको भन्दा धेरै दुख र पीडाका चिन्हहरु देखिन थालेको छ । उनीहरु अस्पतालमा दिन रात कोरोना संक्रमितको उपचारमा खटिन्छन्, तर उनीहरु उपचार गर्न अस्पतालमा गएको १२ घण्टासम्म पानी नै पिउँदैनन् ।

ईटालीमा शुक्रवार एकै दिनमा ४२० जनाले ज्यान गुमाए ।

बर्मागोको ह्यामेनिट्स अस्पतालमा काम गर्ने आईसीयु नर्स डेनिएला टर्नाे भन्छिन्, ‘हामी अहिले जसरी समय बिताइरहेका छौँ, त्यो एक ट्याटूको जस्तै द्ध, जसलाई हामी जीवनभरि नै भुल्न सक्दैनौँ, हामीलाई अहिले यस्तो अवस्था आएको छ कि, हामी अस्पतालमा १२ घण्टासम्म पानी वा कुनै पनि तरल पदार्थ नपिइकनै बस्ने गर्दछौँ, किनभने बाथरुम जान नपरोस् । उपचारमा खटिँदा विशेष प्रकारको कपडा लगाउनु पर्ने हुन्छ, त्यसलाई खोल्ने फेरी लगाउनेको बारेमा कडा नियम रहेको छ । किनभने हम्रो थोरै लापरवाही भनेको कोरोनाको शिकार हुनु हो ।’

इटालीमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ७ हजार १०० जना स्वास्थ्यकर्मीलाई संक्रमण भएको छ । उनीहरुको उपचार भईरहेको छ ।

ति मध्ये केहि स्वास्थय ठिक भएपछि काममा फर्किएका छन् । ५० भन्दा धेरै स्वास्थ्यकर्मीहरुको मृत्यु भईसकेको बताइएको छ ।

दोहोरो जिम्मेवारी

डाक्टरहरुका अनुसार चिकित्सकहरुको साथसाथै आफन्तहरुको जसरी उनीहरुको सेवामा लाग्दा डबल कामको जिम्मेवारी निभाउनुपरेको छ

। बिशेष गरेर वृद्धवृद्धाहरुका कारण धेरै खटिनुपरेको उनीहरु बताउँछन् । उनीहरु भन्छन्, ‘अन्य बेला छोराछोरी र आफन्तहरु हुन्छन् तर यो बेला न त उनीहरु आउन मिलेको छ न अर्काे कुनै विकल्प । त्यसैले दोहोरो कामको जिम्मेवारीको बेझ पर्ने गरेको छ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?