कोभिड १९ को महामारी विश्वमा कायम रहेसम्म नेपालले लकडाउन सहज बनाएर पनि पहिलेजस्तै ‘पूर्ण स्वतन्त्र’ रुपमा काम गर्ने स्थिति नरहेने विज्ञहरुले बताएका छन् ।
लामो समयसम्म लकडाउन जान नसक्ने अवस्थामा कोभिड–१९ संक्रमण रोकेर कसरी सुरक्षित रुपमा दैनिक काम गर्ने भन्ने विषयमा छलफल सुरु भएको कान्तिपुर दैनिकमा खबर छ।
वैशाख १५ गते लकडाउन सकिन लागेको अवस्थामा विज्ञहरुले संक्रमण न्यून गर्दै सुरक्षित विकल्पबारे संक्रमण न्यून गर्दै सुरक्षित विकल्पबारे छलफल सुरु गरेका छन् ।
लकडाउनको एक महिनापछि राजधानीमा विहीबारदेखि कोभिड १९ को बिरामी बिहीन बनेकाले अझ एक दुई साता यहाँ कुनै केस नदेखिँदा भीडभाड नहुने गरी व्यक्तिगत दुरी कायम राखेर राजधानी केही खुकुलो गर्ने संकेत स्वास्थ्य मन्त्रालयका अधिकारीले गरेका छन् ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राजधानीमा क्वारेन्टाइन सेन्टर, स्क्रिनिङ, अन द स्पोट टेस्ट’, निगरानीको व्यवस्थालगायतका प्रक्रिया अपनाएर लकडाउन खुकुलो बनाउन सकिन्छ । यही प्रक्रिया केही खास समयसम्म संक्रमण, नयाँ केस नदेखिएका अन्य सहर, गाउँ, ठाउँ, जिल्ला, प्रदेशमा खुकुलो नीति लिन सकिन्छ ।
‘हामीले नेपाल सुहाउँदो लकडाउन एक्जिट प्लान (लकडाउनबाट निस्किने योजना) अनुसार भविष्यमा अगाडि बढ्नुपर्छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा.वासुदेव पाण्डे भन्छन्, ‘संक्रमणको सम्भावित विस्तारलाई रोक्ने प्रक्रिया अपनाउँदै नियन्त्रित जीवनशैली अपनाएर दैनिक कार्य व्यवहार गर्नुपर्छ ।’
हाल मुलुकलाई लकडाउनबाट खुकुलो गर्ने विषयमा सरकारका उच्च निकायबीच छलफल सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया