प्रधामन्त्री केपी शर्मा ओलीले एकदमै आवश्यक र समय सान्दर्भिक दावी गर्दै दुई अध्यादेश जारी गरेको सय घण्टा पनि बित्न नपाउँदै अध्यादेश फिर्ता लिनु परेपछि यो अध्याय तत्कालका लागि स्थगित भएको छ ।
तर अध्यादेश प्रकरणले राजनीतिक दाउपेचका थुप्रै विगत सम्झाउँदै भविष्यका लागि पनि केही सवाल छाडेको छ ।
सत्तारुढ दल नेकपाकै नेता, राजनीतिक विश्लेषक र कानुनी ज्ञाताहरुका अनुसार यो प्रकरणले उठाएका प्रश्नमध्ये कतिको जवाफ प्रधानमन्त्री स्वयम्ले दिनुपर्छ ।
कान्तिपुर दैनिकले प्रधानमन्त्रीमा हुकुमी शैली देखिएको, सांसद किनबेचको पुनरावृृत्ति गराएको सुशासन र पारदर्शितालाई जोड नदिएको, नेतृत्वले जनताको मर्म नबुझेको, राष्ट्रपतिको भूमिका विवादास्पद देखिएको जस्ता टिप्पणी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया