कोरोना अपडेट: २८ लाख नाघे संक्रमित, कति पुगे मृतक ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा १ लाख ९५ हजार ४३ जनाको ज्यान गएको छ भने २८ लाख २१८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७ लाख ७७ हजार ३०६ जना उपचार पछि निको भएका छन् भने ५८ हजार ३६१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच विश्वका २१० देशमा आफ्नो प्रकोप फैलाएको कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म ५० हजार ९८८ जनाको ज्यान गएको छ भने ९ लाख ३ हजार ७७५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै आज मात्रै अमेरिकामा महामारीबाट ७ सय ५२ जनाको ज्यान गएको छ भने १७ हजार ३३३ नयाँ संक्रमित आजै थपिएका छन् ।

अमेरिकामा यो समाचार तयार पार्दासम्म १४ हजार ९३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त स्पेनमा अहिलेसम्म महामारीका कारण २२ हजार ५२४ जनाको मृत्यु भएको छ भने २ लाख १९ हजार ७६४ जनालाई संक्रमण भएको छ ।

आज मात्रै त्यहाँ ६ हजार ७४० जना नयाँ संक्रमित थप्एिका छन् भने आज नै ३६७ जनाको ज्यान गएको छ । त्यहाँ ७ हजार ७०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण २५ हजार ९६९ जनाको ज्यान गएको छ भने १ लाख ९२ हजार ९९४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीको कारण अहिलेसम्म २२ हजार २४५ जनाको ज्यान गएको छ भने १ लाख ५९ हजार ८२८ जनालाई संक्रमण भएको छ । त्यस्तै जर्मनीमा महामारीका कारण ५ हजार ५७७ जनाको ज्यान गएको छ भने १ लाख ५३ हजार ५८४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ३८९ जनाको ज्यान गएको छ भने थप १६ सय ४५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै कोरोनाको प्रकोपबाट बेलायतमा अहिलेसम्म १९ हजार ५०६ जनाको ज्यान गएको छ भने १ लाख ४३ हजार ४६४ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ७६८ जनाको ज्यान गएको छ भने आजै ५ हजार ३८६ नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ६०० जनाको ज्यान गएको छ भने १ लाख ४ हजार ९१२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ईरानमा अहिलेसम्म ५ हजार ५७४ जनाको ज्यान गएको छ भने ८८ हजार १९४ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ९३ जनाले ज्यान गुमाएका छन् भने आजै १ हजार १६८ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै चीनमा आज थप ६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै चीनमा ८२ हजार ८०४ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३२ जनाको ज्यान गएको छ ।

त्यस्तै रुसमा अहिलेसम्म महामारीबाट ६१५ जनको ज्यान गएको छ भने ६८ हजार ६२२ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ५ हजार ८४९ नयाँ संक्रमित थपिएका छन् भने आजै ६० जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ३ हजार ४ सय ७ जनाको ज्यान गएको छ भने ५१ हजार ७३ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १५ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् भने ९४ जनाले आजै ज्यान गुमाएका छन् ।

त्यस्तै बेल्जियममा आज मात्रै १८९ जनाको ज्यान गएको छ । योसँगै त्यहाँ ६ हजार ६७९ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ४४ हजार २९३ पुगेको छ । त्यहाँ आज मात्रै १ हजार ४९६ नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै क्यानडामा २ हजार २९४ जनाले ज्यान गुमाएका छन् भने ४३ हजार ५५१ जनालाई संक्रमण भएको छ । त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ४ हजार २८९ जनाले ज्यान गुमाएका छन् भने ३६ हजार ५३५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्विट्जरल्याण्मा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १ हजार ५७८ जनाले ज्यान गुमाएका छन् भने २८ हजार ६७७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १८१ नयाँ संक्रमित थपिएका छन् भने आज नै त्यहाँ २९ जनाको मृत्यु भएको छ । त्यस्तै छिमेकी देश भारतमा संक्रमितको संख्या २४ हजार ४३४ पुगेको छ भने मृतकको संख्या ७८० पुगेको छ ।

आज मात्रै त्यहाँ १३९५ नयाँ संक्रमित पाइएका छन् भने आजै थप ५९ जनाको ज्यान गएको छ ।

त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार १५२ जनाको ज्यान गएको छ भने १७ हजार ५६७ जनालाई संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?