कोरोना: मलेसियामा ९६ जनाको मृत्यु, यस्तो छ अन्य खाडी देशको अवस्था

काठमाडौं । हालसम्म युनाइटेड अरब इमिरेट्स युएइमा कोरोनाको कारण ६४ जना मानिसको ज्यान गइसकेको छ । भने ९ हजार २ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै आजमात्रै २२ जना मानिसको कोरोनाको कारण मृत्यु भयो भने ३ सय २१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै खाडी मुलुक कतारमा यो समाचार तयार पार्दासम्म ८ हजार ५ सय २५ जना मानिसमा कोरोना संक्रमण देखिएको र १० जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । त्यस्तै आज मात्र ७ सय ६१ जनामा थप कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै नेपालीहरु धेरै रहेको अर्काे खाडी मुलुक मलेसियामा कोरोनाको कारण ९६ जना मानिसको मृत्यु भइसकेको छ । भने हालसम्म ५ हजार ६ सय ९१ जना नयाँ संक्रमित रहेका छन् । भने तीमध्ये ४१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै अर्काे खाडी राष्ट्र कुवेतमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म १५ जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ २ हजार ६ सय १४ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । साथै ती मध्ये ६ सय १३ जना उपचारपछि निको भएको तथ्यांकले देखाएको छ ।

त्यस्तै अर्काे खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण हालसम्म १२७ जना मानिसको ज्यान गइसकेको छ । भने १५ हजार १ सय २ जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर १ लाख ९४ हजार ९ सय ९४ जना मानिसको मृत्यु भइसकेको छ । भने २७ लाख ९७ हजार ७५ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै कोरोना संक्रमितमध्ये ३ प्रतिशत अर्थात ५८ हजार २ सय ५९ जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?