टर्कीमा कोरोनाको कारण १ हजार ८ सय बढी मानिसको अवस्था गम्भीर, कति पुगे मृतक ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यो समाचार तयार पार्दासम्म १ लाख ९३ हजार ८ सय ६३ जनाको मृत्यु भइसकेको छ । भने २७ लाख ६८ हजार ६२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै कोरोना संक्रमितमध्ये ५८ हजार ६ सय ८८ जना मानिसको अवस्था गम्भीर रहेको छ ।  त्यस्तै कोरोना उपचारपछि ७ लाख ६४ हजार ७ सय ९४ जना घर फर्किएका छन् ।

त्यस्तै टर्कीमा हालसम्म कोरोना भाइरसको कारण हालसम्म २४ सय ९१ जनाको मृत्यु भइसकेको छ ।

भने १ लाख १ हजार ७ सय ९० जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म १८ हजार ४ सय ९१ जना मानिस उपचारपछि निको भएका छन् । त्यस्तै १ हजार ८ सय १६ जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?