रजनीकान्त वा विजय, कोरोना ‘रिलिफ फन्ड’मा कसले गर्यो धेरै दान ? झगडामा गयो एकको ज्यान

काठमाडौं । कोरोना महामारीविरुद्धको लडाईमा तमिल सिनेमा एक्टर्सले सरकार तथा आम नागरिकहरुको सहयोग गरिरहेका छन् । सोसल मिडियामा यी कुराहरुको बहस पनि मजाले नै चल्ने गर्दछ ।

कसले कति दान गर्याे, कस्को भन्दा कसले धेरै रकम सहयोग गर्यो भन्ने विषयलाई लिएर फ्यानहरुले उनीहरुको चर्चा र परिचर्चा गरि नै रहन्छन् ।

यसैबीच भारतमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । भारतको तमिल्नाडुस्थित विल्लुपुरममा रजनीकान्त र विजयका दुई फ्यानहरुको एक आपसमा कसले धेरै रकम सहयोग गर्याे भन्ने बारेमा विवाद शुरु भयो ।

रिपोर्टका अनुसार, तमिल्नाडुमा बस्ने २२ वर्षीय युवराज अभिनेता विजयका फ्यान थिए भने २२ वर्षकै दिनेश बाबु रजनीकान्तका फ्यान थिए । उनीहरुले लकडाउनमा वियर पिउँदै कसले कति दियो भन्दै चर्चा गर्दै थिए ।

उनीहरुले चर्चा गर्दागर्दै सामान्य कुरा विवादमा परिणत भयो । विवाद धेरै हुँदै गएपछि दिनेशले युवराजलाई धक्का दिए । जसका कारण युवराजको टाउकोमा गहिरो चोट लाग्न पुग्यो ।

जसका कारण उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । घटनाको जानकारी पछि दिनेशलाई पुलिसले गिरफ्तार गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?