अमेरिकामा कोरोनासँगै ‘टोर्नाडो’को प्रकोप जारी, दुई राज्य अत्याधिक प्रभावित

काठमाडौं । सारा विश्वमै कोरोना भाइरसबाट अत्याधिक प्रभावित देश अमेरिकामा एक पछि अर्काे महामारी आईरहेको छ ।

कोरोनाको कहरका बीच अमेरिकामा भयंकर टोर्नाडो तुफान र बवन्डरले अमेरिकाका दुई राज्यमा ठूलो क्षति गरेको छ । बुधवार देखि शुरु भएको भषण टोर्नाडोले सयौँ सम्पदाहरु नष्ट गरेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म टोर्नाडोका कारण ७ जनाको मृत्यु भईसकेको बताइएको छ भने दजर्नाैं मानिसहरु घाईते भएको बताइएको छ ।

मौसम विभागका अनुसार, दक्षिणी राज्यमा तुफान फरक फरक समयमा आउन सक्नेछ । त्यसैले सरकारले नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।

दुई राज्यमा अत्याधिक हानी

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार, अमेरिकाका दुई राज्य ओक्लाहोमा र टेक्सासमा बुधवार देखि तुफानले अत्याधिक क्षति पुर्याइरहेको छ ।

मौसम विभागको अलर्ट कायमै

सञ्चारमाध्यमहरुका अनुसार अमेरिकाका केहि क्षेत्रमा मौसमको अवस्था बदलीरहने भएकोले टोर्नाडो अझै पनि आउन सक्ने बताइएको छ ।

अमेरिकाको लुईसिनियादेखि लिएर जर्जियासम्म टोर्नाडो असर पर्नसक्ने केन्द्रले चेतावनी दिएको छ । ठूलो हावाहुरी र भीषण वर्षा हुनसक्ने बताइएको छ ।

केहि क्षेत्रमा भने असनिासहित ठूलो पानी पर्ने सम्भावना रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?