कोरोना महामारीका बीच जापानी वैज्ञानिकले दिए अर्काे चेतावनी !

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले विश्व ग्रस्त बनेको छ । विश्वमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १ लाख ९२ हजार २१ जनाको मृत्यु भएको छ भने २७ लाख ४८ हजार ८२ जनालाई संक्रमण भएको छ ।

यसैबीच कोरोना महामारीका बीच जापानमा सुनामीको प्रलय आउनसक्ने बताइएको छ । जापानको सरकारी च्यानलले देशमा ठूलो सुनामी र भूकम्प आउन सक्ने चेतावनी दिएका छन् ।

जापानी वैज्ञानिकहरुले देशमा ९ रेक्टर स्केलको भूकम्प जान सक्ने चेतावनी दिएका छन् । जसका कारण सुनामीले ठूलो प्रलय निम्त्याउन सक्ने अनुमान गरिएको छ ।

सुनामी ३० मिटर उचाईसम्मको हुन सक्ने बताइएको छ । वैज्ञानिकका अनुसार, प्रशान्त महासागर भन्दा तल, पृथ्वीको प्लेटमा हलचल भएको कारण भूकम्प जान सक्ने बताइएको छ ।

उक्त भूकम्पका कारण जापानको होकाइडो र इवाते परफेक्टरमा ठूलो क्षति हुने अनुमान गरिएको छ ।

देशमा ठूलो संकट आउन सक्ने

सुनामी तथा भूकम्पको यो चेतावनी टोकियोको इलेक्ट्रिक पावर कम्पनीले जारी गरेको छ । कम्पनीका विशेषज्ञले सरकारलाई पूरा सतर्क रहन आग्रह गरेका छन् ।

चेतावनीमा भनिएको छ, जापानमा सुनामीले फेरी एकपटक महाविनाश निम्त्याउन सक्नेछ । यदि सुनामी आयो भने, समुन्द्रको लहर ३० मिटर अर्थात् ९८ फिट भन्दा माथिको उच्चाईसम्मको हुनेछ ।

यसको मुख्य कारण भनेको महाभूकम्प हुनेछ । भूकम्प ९ रेक्टर स्केलको भन्दा ठूलो आउन सक्नेछ ।

जीवन जोगाउन मुश्किल हुनेछ

गत १८ अप्रिलमा जापानको टोकियोमा भूकम्पको झट्का महशुस गरिएको थियो । उक्त भूकम्पमा कुनै पनि क्षति भने भएको थिएन ।

जापानको मीटियोरोजिकल एजेन्सीका अनुसार उक्त भूकम्प जापानको दक्षिणस्थित ओगासावारा द्वीपमा गएको थियो ।

जापान टाइम्सका अनुसार, एक महाभूकम्पको आशंका गरिएको छ र उक्त भूकम्पले ठूलो क्षति निम्त्याउन सक्ने आँकलन गरिएको छ । साथै नागरिकको जीवन जोगाउन सरकारलाई ठूलो चुनौति बन्न सक्छ ।

सन् २०११ मा गएको थियो सुनामी

जापानमा सन् २०११ मा ९ रेक्टर स्केलको महाभूकम्प र र सुनामी गएको थियो । त्यहि रिपोर्टका अनुसार अब आउने भनिएको सुनामी र भूकम्पमा ९० मिटर भन्दा माथिसम्म ठूला सुनामीका छाल आउन सक्ने आँकलन गरिएको छ ।

टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिंग्स इंकको अधिकारमा रहेको फुकिसिमाको न्युक्लियर प्लान्ट डुब्न सक्ने अनुमान गरिएको छ ।

सन् २०११ मा गएको महाभूकम्प र सुनामीका कारण त्यहाँ ठूलो क्षति भएको थियो । उक्त समयमा १० हजार ८७२ जनाको ज्यान गएको थियो भने करिव १७ हजार मानिसहरु बेपत भएका थिए ।

‘रिंग अफ फायर’मा जापान

जापानमा भूकम्प जानु कुनै नौलो कुरा होइन, किनभने जापान ‘रिंग अफ फायर’को श्रेणीमा आउने गर्दछ ।

‘रिंग अफ फायर’ त्यो क्षेत्र हो जहाँ भूकम्प गईराख्ने गर्दछ र ज्वालामुखी फाटी नै रहन्छ । तर यस पटक भने महाभूकम्प आउने भनेपछि जापानवासी त्रसित भएका छन् ।

यसैबीको वैश्विक महामारी बनेको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म जापानमा ३२८ जनाले ज्यान गुमाएका छन् भने १२ हजार ३६८ जनालाई संक्रमण भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?