अध्यादेश फिर्तापछि ओली देउवाबीच भेटघाट

काठमाडौं । अध्यादेश फिर्ता भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटघाट गर्ने भएका छन् । प्रधानमन्त्री ओली र सभापति देउवा दिउसो ३ बजे भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

ओली र देउवाबीच सरकारले वैशाख ८ गते जारी गरेका राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पछि उत्पन्न परिस्थित र कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणबारे छलफल हुने स्रोतले जनाएको छ । त्यस्तै महामारीको रुपमा फैलिएको कोरोनाबाट उत्पन्न संकट समाधानका बारेमा कुराकानी हुने भएको हो ।

सरकारले ल्याएको दुबै अध्यादेश भने शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले फिर्ता लिएको छ ।

गत बैशाख ८ गते ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशपछि सत्तापक्ष तथा प्रतिपक्षबाट सरकारको चौतर्फी विरोध भएपछि सरकारले दुबै विवादास्पद विधेयक फिर्ता गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?