भारतको दिल्ली सरकारले मजदुर र विद्यार्थीसँग एक महिनाको भाडा नलिन घरधनीहरुलाई कडा निर्देशन जारी गरेको छ । कान्तिपुरमा खबर छ ।
कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि करिब १ महिनादेखि लकडाउन जारी रहेकाले मजदुर र विद्यार्थी समस्यामा परेको भन्दै दिल्ली सरकारले यस्तो निर्देशन जारी गरेको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि घरधनीलाई भाडा नलिन आग्रह गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया