बैंकका अध्यक्षहरुको संस्था वैक तथा वित्तीय परिसंघले गरेको ब्याज घटाउने, छुट दिनेलगायतका निर्माण कार्यान्वयनमा विवाद देखिएको छ ।
बाणिज्य बैंकहरुको छाता संस्था बैंकर्स संघले उक्त निर्णय नमान्ने भएपछि विवाद सतहमा आएको हो ।
संघको बैठकले बिहीबार परिसंघको निर्णय कार्यान्वयन गर्न नसकिने निर्णय गरेको छ । बैंकहरुले जेठ १ देखि ऋणको ब्याजदर घटाउने निर्णय गरेको तथा चैतसम्म किस्ता पाकेको ब्याजको १० प्रतिशत छुट दिइसकेकाले अहिलेलाई परिसंघको निर्णय कार्यान्वयन गर्न नसकिने बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया