नेकपाद्वारा कोषमा चार लाख

स्याङ्जा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाले कोरोना भाइरस रोकथाम र सहयोगको लागि सरकारले स्थापना गरेको कोषमा चार लाख रुपैयाँ जम्मा गरेको छ ।

नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे पारसले बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई र प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई दुई/दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?