नर्सको गोली हानी हत्या

काठमाडौं । गोली लागेर ज्यान गुमाएकी क्यानेडेली महिला कोरोनाविरुद्धको लडाईँमा सक्रिय नर्स रहेको खुलेको छ । क्रिस्टिन बियटन नामकी ती महिला गर्भवती समेत थिइन् ।

उनका श्रीमानका अनुसार यी महिला दोस्रोपटक आमा बन्नेवाला थिइन्, उनी पछिल्लो समय सक्रिय रुपमा कोरोनाविरुद्ध अग्रमोर्चामा थिइन् । बन्धुकधारीले शनिबार रातिदेखि १३ घण्टासम्म नोभा स्कसामा जथाभावी बन्दूक चलाउँदा २२ जनाको मृत्यु भएको थियो । जसमा उनी पनि एक थिइन् ।

कार्यालय हिंडेकी यी नर्स अन्धाधुन्ध फायरिङ गर्दै हिंडेका ती बन्दूकधारीको निशानामा परेकी थिइन् । ‘एक घण्टासम्म पनि मलाई थाहा थिएन कि प्रहरीको कपडा लगाएर प्रहरीकै गाडी चलाएर हिंड्ने कायर व्यक्तिले मेरी श्रीमती त जन्मनै बाँकी रहेको शिशुको ज्यान लियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?