काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार १ लाख ८७ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ । भने २६ लाख ७७ हजार ७ सय २४ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । कोरोना संक्रमित मध्ये ३ प्रतिशत अर्थात ५८ हजार १ सय ८७ जनाको अवस्था गम्भीर रहेको तथा ७ लाख ३५ हजार ८ सय १९ जना उपचारपछि निको भएर घर फर्किसकेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण १२१ जना मानिसले ज्यान गुमाइसकेका छन् । भने आज मात्र त्यहाँ ७ जना थप कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकले देखाएको छ । र हालसम्म १३ हजार ९ सय ३० जना मानिस कोरोना संक्रमित रहेका छन् ।
त्यस्तै नेपालीहरु धेरै रहेको अर्काे मुलुक दक्षिण कोरियामा यो समाचार तयार पार्दासम्म १० हजार ८ सय २५ जना मानिसमा कोरोना संक्रमण रहेको पाइएको छ । भने २ सय ४० जना मानिस यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।
त्यस्तै जापानमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २ सय ९९ रहेको छ । भने हालसम्म ११ हजार ९ सय ५० जनामा कोरोना संक्रमण रहेको पाइएको छ । साथै नयाँ संक्रमित नभेटिएको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया